• सपना र मेरा बा(कथा) -पि आर चापागाईं "प्रेमील"




    सपना र मेरा बा✍️ पि आर चापागाईं "प्रेमील"
      सुनसान रात मा कोठा बाहिर आएर एक खिल्ली चुरोट सल्काउछु अनि सोच्छु १० रुपैयाँ जलाए एसरिनै दिन मा कैयौँ पटक१० जलाईएको हुन्छु किन जलाउँछु आफैलाई था हुँदैन जिन्दगी सोचेजस्तो नचलेपछि १० मात्रै होइन १००० सल्काउन बाध्य हुन्छन् कैयौँ मान्छेहरू म पनि तिनै मान्छेको भिड मा पर्छु सायद ,अनि यो पनि सोच्छु दिन को १० जलाउँदै गए भने पनि महिना मा ३०० जलाउछुयसरी नै वर्ष मा ३६०० ,अनि.................एक सर्को तान्दै फेरि सोच्छु यसरी नै २३ वर्ष जलाए भने ८२८०० ,आखिर किन? यो प्रश्न प्रश्न बाचक चिन्ह मै सिमित छ !यो त दिन को एक खिल्ली चुरोट को दाम हो यसरी नै म दिन को 15/20 खिल्ली सक्काउँछु सायद यदि मैले ३० दिन चुरोट नखाए भने मेरा बूढा भएका बा लाई १ वर्ष को औषधि आउँछ सायद ,यो जान्दा जान्दै पनि म चुरोट सल्काउन बाध्य छु , म यिनै कुराहरू सोच्दा सम्म पनि ४/५ खिल्ली हावा मा उडाइसकेको हुन्छु ,!
                         ********मेरा बा उमेर ६५ कटीसक्नु भयो ,सायद बुढेस काल मा साहारा बन्ला भनेर मलाई नी जन्म दिनुभयो ,तर अह मलाई कुन नसा चढ़िरहेछ,म आज त्यो  सपना बोकेर हिँडिरहेछु जुन सपनाले एक दिन अवस्य सबैलाई खुसी पार्ने छ तर मेरा बा ले म भित्र देखेको सपना ...एकैछिन मौन रहन्छु र आकाश तिर फर्कदै फेरि सोच्छु,मेरो सपनाले मेरा बा लाई खुसि पार्न भनेजस्तै भयो भने अझै २० वर्ष लाग्छ ! २० वर्ष मा बुवा  ८५ वर्षको हुनुहुन्छ ,लामो श्वास फेर्दै जुन लाई हेरी सोचिरहेछु मलाई खुसी पार्न मेरो बा ले आफ्नै पुरै जिन्दगी सुम्पिए अनी म....आफै लाई धिकार्छु  निर्णय लिन सक्दिन म मेरा बा लाई खुसि पारु या मेरो सपना लाई साकार पारु........सोच्दा सोच्दै रात ले कोल्टे फेरिसकेको हुन्छ ,कोठा मा जान्छु र निदाउने प्रयास गर्छु ,निद पर्दैन ,मन मा भिन्न भिन्न किसिम ले कुरा दौडिरहन्छन् ,यदि म मेरो जिन्दगी बुवाले देखेको सपना तिर या त भनौं बुवाको खुसी मा लागे भने मेरा सपनाहरु खरानी हुन्छन् ,मेरो जिन्दगीको आधा आधी खुसी विलीन हुन्छ ,म अपांगित जीवन बिताउन बाध्य हुन्छु ,अनि यदि म मेरै सपना मा हुम्मिएर लागे भने ..........
           रात ले आफ्नो अँध्यारो पन उज्यालो बनाउन बिहानी लाई सुम्पिसकेको हुन्छ!र पनि मन का ती कल्पना प्रश्नोत्तर सरी बहिरहेका हुन्छन्यदि त्यसो भयो भने मलाई बुवाले दिएको जीवन ,त्याग, वलिदान, खेर जाने छ !अनि उहाको सन्तान प्रति को आशा नी???मनै मन ले आफैलाई प्रश्न गरिरहेछ !म शब्दहरू खेलाउँदा खेलाउदै पनि निःशब्द हुन्छु !डाँडा मा घाम झुल्की सकेको हुन्छ !निचोड मा पुग्न सक्दिन अनि फेरि चुरोट सल्काउँछु............xx
  • watch my project

    redirect to my next website

    go

    ADDRESS

    Butwal,Rupandehi Nepal

    EMAIL

    merotipsofficial@gmail.com

    TELEPHONE

    not avileable

    MOBILE

    9846920259,
    9817417650