ए,छोडिजाने मान्छे साँच्चै सम्झिन्नौँ मलाई?
राती अबेर बादल हरु संग रमाएको जुन एक्लै हेर्दा सम्म
अँध्यारो ले आफैलाई बिर्सिएर उज्यालो रूप फेर्दा सम्म
फेरि तिनै बादल ले तिम्लाई मेरो आवास गराउन तिमी सामु झर्दा सम्म
साँच्चै सम्झिन्नौ मलाई?
कतै फेसबुक स्क्रोल गरिरहदा मेरो तस्बिर देखेको बेला
कतै शब्दहरू मा प्रेम लेखेको बेला
साँच्चै संझिन्नौ मलाई?
कहिले आवेग मा आफन्त बाट टाढा भाग्दा
कहिले भगवान संग मन्दिर गएर खुसि माग्दा
अनि कहिले काही बाडुल्की लाग्दा
साँच्चै संझिन्नौं मलाई?
एकान्त मा एक्लै रुँदा
कतै एक्लो महसुस हुँदा
तिमी झिझिदा,
रिसाउँदा ,खुसि हुँदा
साँच्चै सम्झिनौ मलाई?