• बिनोद चापागाईं ।उत्कृष्ट एक गजल।

    ।एक गजल।
    टुट्यो सम्बन्ध एक कहानि भएर आयो।
    कारण एउटै मनोमानी भएर आयो।।
    म सोच्थे पात झरेपछी बोटै रित्तो होला,
    पलायो पालुवा झन हरियाली भएर आयो।
    समाज बदल्न रातारात हिड्नेहरु कहाँ पुगे,
    बित्यो रात अर्को बिहानी भएर आयो।
    बर्षा लागेपछि सुकेको बगरले भन्यो,
    अब त मेट्छु तिर्खा बाढी भएर आयो।
    एक मुर्खलाइ बाटोमा सम्झाउदै गर्दा,
    सम्झेन उपदेश झन गाली भएर आयो।।
  • watch my project

    redirect to my next website

    go

    ADDRESS

    Butwal,Rupandehi Nepal

    EMAIL

    merotipsofficial@gmail.com

    TELEPHONE

    not avileable

    MOBILE

    9846920259,
    9817417650