• अर्कै की उनी (कथा)|-सुरज भुषाल|

    उ अनि म साच्चिकै एक अर्कालाई असाध्यै चाहान्थ्यौ, उस्को र मेरो सम्बन्ध यति अब्बल थियो कि देख्नेहरुले पनि भन्थे गर्थे, कत्ती राम्रो दुबैको मान्छे माथी गर्ने ब्यवहार । साच्चिकै उ मेरो छिमेकी बैनी भए पनि, मैले मेरो दिल मा सजाई सकेको थिए। उ देख्दा नै असाध्यौ राम्री थिई जो हर कोहिलाई मन पर्थ्यो । उस्को नशालु आँखा माथी कालो गाजल,लामो केश , पिपल पाते ओठ्मा चुहिने गरि लगाएको त्यो रातो लिपिस्टिक Wow ,अझ तेस माथी हल्का लजाई मुसुक्क हासिदिदा त झनै आनन्दित महशुस हुन्थ्यो।म मात्र होइन ,उस्को मुस्कान मा हर जो कोहि फिदा हुन्थ्यो नाम भानुमती, मेरो प्रेम एकोहोरो थियो या उ पनि मलाई मैले जस्तै प्रेम गर्थी, एहेशास भएको थिएन। तर उस्का हरेक कुराहरुले मुटुमै छुन्थ्यो च्वास्स । यस्तो लाग्थ्यो उ मेरो जिन्दगी को सारथि हो। कहिले काहीँ उस्को घरमा बिहेको प्रस्ताव पनि आहि रहन्थ्यो । मन निकै दुख्थ्यो मेरो, हुन त म नाता ले उस्को दाइ पर्थे । म घर को एक्लो छोरा आमा बाउ सानै छदा ब्याथा ले च्यापेर खस्नुभयो !बा आमा खसेपछी गाउभरी सवैले टुहुरो भनेर हेला गर्थे ,म सानै देखि गित गाउथे ,मलाइ बा ले ठुलै गाएक बन्नु है छोरा भन्नुहुन्थ्यो ! म ठुलै गाएक भएको हेर्ने चाहाना थियो सायद,तर त्यो चाहाना पूरा नहुदै बुबा म देखि निक्कै टाढा हुनुभयो! बुवाको सपना लाई साकार पार्नैका लागि भए पनि म सहर छिर्नु थियो ! दुख मा आफ्ना आफन्तिले पनि साहारा न दिएको मान्छे म ! एक्लो जिन्दगीमा कति पए कुरा हरु तितो लाग्ने रहेछ .......... येत्तिकैमा म मेरो छिमेकी बहिनिलाई मन पराउन थाले । मेरो जिन्दगी को हरेक खुसी उ बाट पाउछु जस्तो लाग्न थाल्यो। एक दिन मेरो प्रेम प्रस्ताब उ सामु पोख्ने हिम्मत गरे ,र भने भानु म तिमिलाई असाध्यै मन पराउछु , जिन्दगी का हरेक खुसिहरु तिमिलाई दिन चाहान्छु, तिमिलाई आफ्नो बनाउन चाहान्छु,तिम्रो खाली सिउदो मा सिंदुर र खाली हात मा चुराले सजाउन चाहान्छु ! हुन त म जस्तो टुहुरो लाई कस्ले पो माया गर्ला र सवैले हेला गर्छन, तर जो सुकै ले जे भने पनि म तिमिलाई जिन्दगी भर खुसी राख्ने छु आइ लभ यु भानु ..... उ केही पनि न बोली शिर निहुराई हल्का लजाउदै बिपरित बाटो तर्फ लाग्छि! केही समय पछि sms मा म पनि तलाइ माया गर्छु love you to निरे , तैले एक्लो पन को महशुस न गर्नु म छु नि तेरो साथमा,एत्ति लेख्दै तेस माथी love रियाक्ट अनि खिस्स हासेको 2 ओटा चित्र सङसङै गाउले भाषा मा मेरो प्रेम प्रस्ताव एसेप्ट गर्छे!
                          *****
    मैले पनि उसै गरि भानु ले जस्तै खिस्स हासेको स्टिकर को जवाफ दिन्छु ! भानु को र मेरो सम्बन्ध झन पछि झन अब्बल हुँदै गयो। तेस्पछी दिन हरु रमाइलो मै बितिरहन्छन ! २/३ महिना पछि म बाउ को अन्तिम इच्छा पूरा गर्न सहर जाने निर्णय गरे। भानु लाई गाउमा एक्लै छोडी सहर जान मन थिएन र पनि बा को इच्छा लाई मार्न मन लागेन र भोलिपल्ट सबेरै सहर जाने निर्णय गर्छु !रातै भरी विभिन्न कुराहरु मन मा खेलिरहेका हुन्छन ....
    निदाउन खोज्छु तर निद्रा पर्दैन ,रात ले कोल्टे फेरेसङै आफ्नो सामान प्याक गर्छु, घाम झुल्किसकेको हुन्छ !अनि रातो झोला काध मा भिरेर घर बाट निस्कन्छु चौतारि मा पुग्दा भानु लाई भेट्छु उ रोहिरहेकी हुन्छे ,उस्लाइ सम्झाउदै सम्झना स्वरुप रातो पछ्याउरी घाटिमा ओढाएर मन भारी बनाउदै सहर छिर्छु ! 
                    *****
    बाकी अर्को भाग मा
    प्रतिक्रिया को लागि
    Contact:9806785873
    Facebook/singer_Suraj
    keep loving nepali love story
    If you like it.
    don't forget to share with everyone
  • watch my project

    redirect to my next website

    go

    ADDRESS

    Butwal,Rupandehi Nepal

    EMAIL

    merotipsofficial@gmail.com

    TELEPHONE

    not avileable

    MOBILE

    9846920259,
    9817417650