• दिनेश धामी को यस्तै रैछ संसार भाग ४ पढ्नुहोस् उत्कृष्ट मुक्तक हरु

    मुक्तक सङ्ग्रह "यस्तै रै'छ संसार" भाग-4
    कतै बिक्दैन इमानदारी,घुस नखाई के गर्छ
    आफ्नो नियत नबिगारी,घुस नखाई के गर्छ
    घुस दिएरै पाएको हो,ठू...लो पद र जागिर
    घुस खुवाउने कर्मचारी,घुस नखाई के गर्छ?
    बेला बेलामा लाग्छ धक नरमाइलो लाग्छ
    रमाइलो लाग्नुपर्ने भरसक नरमाइलो लाग्छ
    गाडी हेरेर मर्न मन छ भनेकी छिन् आमाले
    पुग्दा पनि गाउँमा सडक नरमाइलो लाग्छ।
    कुनै घटना घट्छ कि,क्षणभरका लागि
    पर्खेर बसेका हुन्छन्,अवसरका लागि
    एउटा हस्पिटलमा आगो लागेको छ
    खुसीको खबर हो यो,युटुबरका लागि।

    नगरेनी उद्योगमा लगानी,खुसी लागेकोछ
    केही रोजगारी नहुँदा नि,खुसी लागेकोछ
    हरेकबर्ष वृद्धभत्ता बढाई रहेकोछ सरकार
    ढल्की रहेकोछ जवानी,खुसी लागेकोछ।
    हिँडिरहनेछु जिन्दगीभर हिँडीरहेकोछु
    आफ्नै गतिमा सरासर हिँडिरहेकोछु
    त्यतिठूलो सपना छैन,पुग्नै पर्ने ठाउँछैन,
    हेरौं कहाँ पुगिन्छ निरन्तर हिँडिरहेकोछु।
    सोच्छ्यौ तिमी पल्टनमा छ मज्जामा छ
    सोच्दिनौ कहाँ छ ? कस्तो अवस्थामा छ
    दुश्मनले सीमा मिचिरहेछ आँखै अगाडि
    प्रिया यतिबेला तिम्रो सिन्दुर खतरामा छ।
    गरेर अनेक जालझेल सांसद बनेका छन्
    पहिलेका गोठाला अचेल सांसद बनेका छन्
    डिग्रीपास गरेकाले भाँडा माझ्छन परदेशमा
    देशमा पाँच कक्षा फेल, सांसद बनेका छन्।
    थरी थरीका बाहाना बनाई कंगाल भनेर
    कसरी पाल्छस् के छ कमाई,कंगाल भनेर
    उसैको श्रीमान आज सहयोग माग्न आ'छ
    जसले छोडेकी थिइन् मलाई,कंगाल भनेर।
    दु:ख पीडा होस,या उमँग दाज्न छोड्दिनुहोस
    एउटा भाडोमा अनेक रँग दाज्न छोड्दिनुहोस
    पछि आउदै गरेकालाई हेर्नुहोस खुसी हुने भए
    आफुलाई अघि पुगेका सँग दाज्न छोड्दिनुहोस
    देशको सम्पत्ति आफ्नै,बिर्ताठाने पुग्छ
    घरमै,हुस्की बियर,घरमै,तिनपाने पुग्छ
    देश चलाउन नजाने केही फरक पर्दैन
    सरकारमा पुगेपछी खानजाने पुग्छ।
    जनसंख्या हुँदा दोब्बर,पचास बर्षपछि
    जता ततै बनलान घर,पचास बर्षपछि
    अहिलेको समयमानै घण्टौँ जाम लाग्छ
    कस्तो होला? यो सहर,पचास पर्षपछि।
    नचाहने आजादी राजा राजा भन्ने
    आफ्नै नियम लादी राजा राजा भन्ने
    टुहुरो बालक जस्तो कस्को हो यो देश?
    को हुन् यी के?वादी राजा राज भन्ने।
    जन्मेको ठाउँ भुली बेपत्ता भएकोछ
    प्रतीक्षामै छे बाटुली बेपत्ता भएकोछ
    जा हावा बुझेर आ उसको हालखबर
    घर छोडेर घरमुली बेपत्ता भएकोछ।
    बाहिर गोरो भित्र कालो बन्नु भन्दा त
    पानी बन्नु नि गन्धा नालो बन्नु भन्दा त
    कुकुर जत्तिको बफादार बन्न सिक्नुस
    बिश्वास घाती चोर बिरालो बन्नु भन्दा त।
    नरम बोली लाग्छ कडा, दिन बिग्रेको बेला
    हुन्छन् अनेक समस्या खडा,दिन बिग्रेको बेला
    मनमिल्ने साथी समेत निहुँ खोज्दै आउँछन्
    परिहाल्छ झैइ झगडा, दिन बिग्रेको बेला।
    मै हुँ भन्ने आदत खासै मन पर्दैन
    अपमान बेइज्जत खासै मन पर्दैन
    आफू त सोझो मान्छे सानो मान्छे
    ठूला बडाको संगत खासै मन पर्दैन।
    घर बनाई दिनु पर्ने ठाउँमा शौचालय दियो
    बस्ती बस्तीमा गाऊँ गाउँमा शौचालय दियो
    जनताहरू भोकले छट्पटाई रहेका बेला,
    सरकारले राहतको नाउँमा शौचालय दियो।
    बुझ्नै नपाई जानी हो,,किन भन्नू पर्यो?
    बगिरहन्छ बग्ने पानी हो,किन भन्नू पर्यो?
    दुई शब्दमै वर्णन गरी देखाउनुस भन्नेले
    जिन्दगी राम कहानी हो,किन भन्नू पर्यो?
    बुढा बाउ आमाको खबर लेख्न मन लाग्दैन
    पाएर पनि लेख्ने अवसर लेख्न मन लाग्दैन
    देश लेख्छु दुनियाँ लेख्छु बारम्बार मुक्तकमा
    किन हो?आफ्नै गाउँ घर लेख्न मन लाग्दैन।
    नभएर हुदैन सम्पन्न हैसियत चाहिन्छ
    चाहिन्छ सम्पती टन्न हैसियत चाहिन्छ
    औकात हेरेर नाता गास्ने जमाना हो यो
    बाउले पनि बाउ बन्न,हैसियत चाहिन्छ।
    बाटो वरपरको झारपात फडानी गरेर
    राहतको नाउँमा आफ्नै मनोमानी गरेर
    यो पाराले समृद्ध देश बन्छर सरकार?
    आम्दानी नहुने ठाउँमा लगानी गरेर।
    पुलिसले अत्याचार गरिरहेको बेला
    आँखाबाट आसु झरिरहेको बेला
    रुदै न्याय माग्न म,कुन ठाउँमा जाउँ
    न्याय नै अन्यायमा परिरहेको बेला।
    परिवर्तन हुनुपर्ने संस्कार परिवर्तन नभएको
    समय र जमाना अनुसार परिवर्तन नभएको
    छोरी मान्छे कम्जोर हुन्छन् भन्ने को हो हँ?
    कसको हो पुरानो बिचार परिवर्तन नभएको?
    कोही ढोग्न अनि,कोही पुज्न, अझै बाकि रैछ
    ठूला ठूला समस्या सँग जुध्न,अझै बाकी रैछ
    यसपालि पनि घडी नै दियो,उपहारमा साथिले
    मैले समयको महत्त्व बुझ्न,अझै बाकी रैछ।
    कति आउछ पिउन मज्जा बुझ्न पाएँ
    कस्तो हुँदो रैछ प्रेमको नशा बुझ्न पाएँ
    तिमीलाई माया गरेर अनुभवी बनेकोछु
    माया बुझ्नपाएँ अनि घीणा बुझ्न पाएँ।
    भोगेको छु मैले पनि भोगाइ उस्तै हो
    खानुपर्ने ठाउँठाउँमा टोकाइ उस्तै हो
    जत्ती राम्रो काम गरेनी जस नपाउने
    सरकार र घरको जेठो भाइ उस्तै हो।
    मान्छे छ आफ्नो ठाउँमा तागत छ आफ्नो ठाउँमा
    पैसा छ आफ्नो ठाउँमा बचत छ आफ्नो ठाउँमा
    तपाईं विद्वान हो भने निचा देखाउने काम नगर्नुस
    म मूर्ख हुँ तर मेरो पनि ईज्जत छ आफ्नो ठाउँमा।
    नजानी नबुझी करकाप गरेका रहेछन्
    मलाईनै नसोधी चुपचाप गरेका रहेछन्
    पुण्य कमाउन मलाई कन्यादान दिएर
    मेरा हजुरबाले ठूलो पाप गरेका रहेछन्।
    बील्डरहरुले बनाउदा घर,मलाई दिनुपर्छ
    सरकार चल्छ मेरै अन्डर,,मलाई दिनुपर्छ
    मैँ हु यो यरियाको दादा थाहा छकी छैन
    सडकमा फूल बेच्नेले कर,मलाई दिनुपर्छ।
    शंका गर्यौ जानाजान चित्त बुझेन
    अर्कैतिर मनको उडान चित्त बुझेन
    हावा नचलेर पात हल्लिदैन भन्यौ
    मलाई तिम्रो यो उखान चित्त बुझेन।
    खोजेर गतिलो कुलघरान बाह्र बर्षमा
    जुटाएर केही मालसामान बाह्र बर्षमा
    गाउँभरिकै जान्नेमान्ने मेरा हजुरबाले
    गरिदिनु भयो कन्यादान बाह्र बर्षमा।
    पुर्व पश्चिम् रेल गुडेको हेर्न मन छ मलाई
    कलकारखाना खोलेको हेर्न मन छ मलाई
    मर्नु पहिला नै यी आँखा दान गरेर मर्छु
    मेरो देश समृद्ध बनेको हेर्न मन छ मलाई।
    कुनै जानकारी बिना के थाहा हुन्छ
    गरिबलाई सानातिना के थाहा हुन्छ
    कागजको घोडा बनाउ कार्यालयमा
    गर बजेट हिनामिना के थाहा हुन्छ।
    एकदिन नदेखे तड्पिन्छु,भन्नेले उबेला
    हरपल हरक्षण सम्झिन्छु,भन्नेले उबेला
    मेरोघरको बाटो नहिन् भन्छ आजभोली
    छाती- माथी बाटो दिन्छु,भन्नेले उबेला।
    सम्झाई बुझाई एकबार भनिदिनु होला
    नियम कानुन अनुसार भनिदिनु होला
    अन्यायको विरुद्धमा बोल्न नि नपाइँने
    यो कुन तन्त्र हो सरकार भनिदिनु होला
    सागर होकि खोला माया भनेको
    के रै'छ यार भोला माया भनेको?
    उताचोट लाग्दा यता छाती दुख्छ
    सायद यही होला माया भनेको।
    ब..डो मुस्किलले बनाइयो घर पनि
    लाग्यो,किन्नपाए हुन्थ्यो मोटर पनि
    एउटा काट्यो फेरि अर्को पलाउछ
    बर्खाको बन जस्तै रहेछ रहर पनि।
    बाँचीरहने सधैंभर अरु केहि छैन
    आत्मा मात्र हो अमर अरु केही छैन
    रुपको घमण्ड गर्नेले यत्तिकुरा बुझ
    मृत्यु भन्दा सुन्दर अरु केही छैन।
    नलगाई खोट अनि दोस छोरी लिनेभए
    सुख खुसी संग पालोस छोरी लिनेभए
    मैलेपनि त्यत्ति तिरेर ल्याएको हु बुहारी
    चालीस हजार दिनोहोस छोरी लिनेभए।
    कहिँ सिमा मिचिन्छ,मेरो देशमा
    कहिँ मान्छे मारिन्छ मेरो देशमा
    यतामेरो छाती छिया छिया हुन्छ
    उता बम पड्किन्छ मेरो देशमा।
    के लेखिदिए छ बेकार चित्त बुझेन
    जे गर्दा पनि हारै -हार चित्त बुझेन
    आफ्नो भाग्य आफै लेख्नु छ अब
    भावीले लेखेको निधार चित्त बुझेन।
    समयमा खान नपाई ग्यास्टिक भाको रै'छ
    पीर चिन्ताले सताई ग्यास्टिक भाको रै'छ
    पेट बढेको देखेर के-के सोचियो परदेशमा
    घरमा घरवालिलाई ग्यास्टिक भाको रै'छ।
    न पानी छ,नत धारो छ,उपत्यकामा
    जीवन जिउन गाह्रो छ,उपत्यकामा
    जताततै धुलोधुवा दुषित वातावरण
    सास फेर्नै अप्ठ्यारो छ,उपत्यकामा।
    अटाएर जगत जीवन थोरै शब्दमा
    भरेर लय अनि वजन थोरै शब्दमा
    यौटा पुर्ण मुक्तक लेख्न सजिलो छैन
    गर्नुपर्छ आमाको वर्णन थोरै शब्दमा।
    बुहारीले बराजुको कुरा काटेर पनि
    छोराले आमाबाबुको कुरा काटेर पनि
    यहाँ चर्चित बन्ने होडबाजी चलेको छ
    चर्चित बनेकाहरुको कुरा काटेर पनि।
    बेलैमा बनाउ बिधान आकाशिदै गा छ
    नगर जङ्गल फडान आकाशिदै गा छ
    भोलि मान्छे बस्न लायक नरहन सक्छ
    यो पृथ्वीको तापमान आकाशिदै गा छ।
    भोकै हुन्छ भोको पेट कस्ले खाइदिन्छ?
    को हुन्छ झन् झन् सेट कस्ले खाइदिन्छ?
    करोडौं आउँछ केन्द्रबाट गाउपालीकामा
    टोलसम्म पुग्दैन बजेट कस्ले खाइदिन्छ?
    अन्याय हुदा न्यायको नाउमा के गर्नु हुन्थ्यो
    यस्तै यस्तै घटना भए गाउमा के गर्नु हुन्थ्यो
    मैले उनको इज्जतमा हात हल्नेको हात काट्दिएँ
    तपाईं भएको भए मेरो ठाउँमा के गर्नु हुन्थ्यो?
    लाका छैनौं खाका छैनौं नुनपानी हजुरको
    पढ्या छैनौं सुन्या छैनौं कहानी हजुरको
    सरकार तिमीलाई हाम्रो गाउँ चाहिदैन भने
    हामीलाई पनि चाहिदैन राजधानी हजुरको।
    अन्तचोर लाग्छ सिमानामा सरकार लाग्छ
    कानुन जस्तो लाग्दैन कानुन बेकार लाग्छ
    बीस करोडको सुन ल्याउदा केही लाग्दैन
    बाह्रसयको रेडियो ल्याउदा भन्सार लाग्छ।
    आफ्नै भाषा भेष,चिटिक्क पारेर
    गाउँघरको परिवेश,चिटिक्क पारेर
    कहिँ के मिल्दैन, कहिँ के मिल्दैन
    लेख्न खोज्छु देश,चिटिक्क पारेर।
    कहाँ सम्मको हो ?सफर थाहा छैन
    हुदैन काचो उमेरको भर थाहा छैन
    मध्यराती घरछोडेर हिडेकोछ छोरो
    बुद्ध बन्ने हो कि,हिटलर थाहा छैन।
    कोही छ भन्ने भर टुहुरो हुनेछ
    पर्नेछ कहिँ कतै असर टुहुरो हुनेछ
    म मर्दा अरु के के हुनेछ थाहा छैन
    थाहा छ एउटा घर टुहुरो हुनेछ।
    यत्रो बर्ष गरेर संगत थाहा होला नि
    के ब्यैजत,के इज्जत थाहा होला नि
    पिएको बेला बिर्सेर नि घमण्ड नगर्नु
    हजुरलाई मेरो आदत थाहा होला नि।
    कुरा काट्छौ अरुका के भनु तिमीलाई
    र आफै हुन्छौ हलुका के भनु तिमीलाई
    गरिबहरुको खुन चुस्न कहिल्यै छाडेनौ
    लाम्खुट्टे भनु कि जुका के भनु तिमीलाई?
    ठूला बडाको बचन काटिने डर छ
    गरौं भने केही गन्थन काटिने डर छ
    कसैले आजै जिब्रो काटीदिए हुन्थ्यो
    नत्र भोली यो गर्दन,काटिने डर छ।
    देशमै बाँचौं, देशमै,मरौं सकेसम्म
    विदेशीहरुको भर,नपरौँ सकेसम्म
    केही पनि नसके राजनीति गरौंला
    सानोतिनो ब्यापार,गरौं सकेसम्म।
    न समाउने हागो,न टेक्ने जरा हुन्छ
    टाढाबाट देख्दा मात्र हराभरा हुन्छ
    गन्तव्यमा पुग्न हतार नगर्नु होला
    यो सट्कट बाटो बहुत खतरा हुन्छ।
    निन्द्रा भाग्दो रै'छ भोक भाग्दो रै'छ
    थाहा भएन किन गुहार माग्दो रै'छ
    मेरो झुपडीमा आगो नबलेको दिन
    महललाई पनि चिन्ता लाग्दो रै'छ।
    चाहिन्नौं नभन सानी मरै जरुरत पर्छ
    केही केरमेट गर्दा नि मेरै जरुरत पर्छ
    म खाली कागज हु रङ्ग न भरिएको
    तिमी अधुरो कहानी मेरै जरुरत पर्छ।
    असार लाग्यो गाउँघरमा सिचाइ गर्नुपर्छ
    आन्ला कान्ला बगरमा सिचाइ गर्नुपर्छ
    जलस्रोतको दोश्रो धनिदेश भएर के गर्नु
    आकाशे पानीको भरमा सिचाइ गर्नुपर्छ।
    तिमी नफस्नु कुनै पलमा मत फसिसके
    उर्लिदो बर्खाको भलमा मत फसिसकें
    यहाँबाट भविस्य अध्यारो मात्र देखिन्छ
    नसाको यो दल-दलमा मत फसिसकें।
    च्यात्न नहुने थ्यो आफैले झण्डा च्यातिदिएँ
    नाङ्गै हेर्न सकिन त्यसैले झण्डा च्यातिदिएँ
    भन सरकार अब मलाई कस्तो सजाय हुन्छ?
    आमाकोलाज ढाक्न मैले झण्डा च्यातिदिएँ
    छ,छोरी छैनन् र काफी छोरा किन चाहियो?
    देविदेउता भाकी भाकी छोरा किन चाहियो?
    बाचुनजेल स्याहार सुसार छोरीले नै गर्छिन्
    चिता जलाउनका लागि छोरा किन चाहियो।
    बाकी छ आर्को चरण सकिएको छैन
    सुनेर जानुस जनगण सकिएको छैन
    बचेरालाई चारो खोज्न पछि जानु
    अझै गिद्दको भासण सकिएको छैन।
    कयौंको ज्यान खायो भन्यो कसैले
    र कयौं घाइते बनायो भन्यो कसैले
    सबै दौडिए आमाले छोरा हेर्नथालिन्
    बाघ आयो, बाघ आयो,भन्यो कसैले।
    सकभर मुग्लान नजाउ पैसाका लागि
    जाने नै भए केही सोच प्रियाका लागि
    यो खाली सिउदो बहुत खतरा हुन्छ
    सिन्दुर भरेर जाऊ..सुरक्षाका लागि।
    नाम कमा, दाम कमा,,ताला आफै लाग्छ
    देशको ढुकुटिमा जमा,ताला आफै लाग्छ
    एउटा मात्रै राम्रो काम गरेर देखा सरकार
    बिरोधीहरुको मु.खमा ताला आफै लाग्छ।
    कहिल्यै बज्दैन ब्याकटोन बिजी बिजी भन्छ
    कल हान्छु लिएर लोन बिजी बिजी भन्छ
    अन्तै चक्कर चल्या छकी के हो तिम्रो चाला
    बेला-बेला लगाउछु फोन बिजी बिजी भन्छ।
    कोही छुटिन्छ कसै संग,भेट हुन्छ
    कथा हो यो जिन्दगी केरमेट हुन्छ
    सहजै अाउछन् जान्छन् जो कोही,
    न दिलको ताला हुन्छ न गेट हुन्छ।
    ताली पाउँदैन मञ्चमा मान सम्मान पाउँदैन
    तारिफ पाउदैन र कहिँकतै गुणगान पाउँदैन
    साहित्य मन पराउछिन् आमापनि छोरी पनि
    अश्लिल शब्दले मेरो रचनामा स्थान पाउँदैन
    पिलाउदैनन जिन्दगीमा मेरा साथिहरू
    बोक्दैनन् गाठ गोजिमा मेरा साथिहरू
    एउटा बियरबार रित्याइ दिन सक्छन्
    यदि पिउन पाए फ्रीमा मेरा साथिहरू।
    क्यारम प्यारी यो जुनि,,यस्तै यस्तै भयो
    भन्दिन तिम्लाई बैगुनी,,यस्तै यस्तै भयो
    छुट्टिएर बस्न मन,न तिम्रो थियो,न मेरो
    घर भाड्नेका कुरा सुनी यस्तै यस्तै भयो।
    दुनियाँ स्वार्थी छ,हरेक ठाउँमा आफ्नै फाइदा हेरिन्छ
    एकलाइ मिसायल अर्कोलाई डिफेन्ससिस्टम बेचिन्छ
    भाइ भाइ लडाउनेलाई के भनिन्छ ?थाहा छैन मलाई
    थाहा छ देश सँग देश लडाउनेलाई अमेरिका भनिन्छ।
    कसैले गर्दैनन् इज्जत मैले बुझेको छु
    सम्झन्छु अझै बिगत मैले बुझेको छु
    सानैमा बुवाआमा गुमाएका टुहुराको
    के-कस्तो हुन्छ हालत मैले बुझेको छु।
    भेट होला कुनै समय,राम्रै होला
    गरि राखौॅ परिचय,,राम्रै होला
    घरै छोडी जान्छु यसै के भन्याथे,
    बुढी भन्छे जाऊ गए राम्रे होला।
    खुसी कम रहेछ पीडा अपार रहेछ
    गरिबी भनेको सनिकै अवतार रहेछ
    बसेर दिन बिताउछ अल्छी मान्छेले
    र भन्छ मेरो त अभागी निधार रहेछ।
    राती राती भट्टी जाने ,बानी परेको छ
    क्या मीठो यो तिनपाने,बानी परेको छ
    आमाको हातको खाना,रुच्दै पिएपछि
    बुढीको चप्पल खाने, बानी परेको छ।
    प्यार जस्तो भएन प्यार पनि
    मिलेन मन पनि बिचार पनि
    कैद हुदा रहेछन् सारा रहर
    कारागार रहेछ घरबार पनि।
    सम्पुर्ण यो संसार नै निरास हुन सक्छ
    लाखौं मान्छे एउटाको दास हुन सक्छ
    पैसा र पावर गलतको हातमा पर्यो भने
    बिकास हैन देशको बिनास हुन सक्छ।
    प्यारो यो घर आगन नभएको हैन
    छुट्टिनु पर्दा जलन नभएको हैन
    तिम्रै खुसीको लागि टाढा भैइदिएँ
    तिमी संगै, बस्न मन नभएको हैन।
    सरोकारवाला सचेत हुन् यत्ती चाहान्छु
    जफत होस तस्करी सुन यत्ती चाहान्छु
    न्यायपाउन् निमुखा गरिबहरुले पनि
    पैसामा नबिगोस कानुन यत्ती चाहान्छु।
    नदि कहिले आफ्नो भएन बगरका लागि
    यहि सिकेँ तिमी बाट जीवन भरका लागि
    पहिले छोडी जानुथियो अहिले छोडीगयौ
    धन्यवाद छ तिम्लाई यो अवसरका लागि।
    नदि कहिले आफ्नो भएन बगरका लागि
    यहि सिकेँ तिमी बाट जीवन भरका लागि
    पहिले छोडी जानुथियो अहिले छोडीगयौ
    धन्यवाद छ तिम्लाई यो अवसरका लागि।
    सत्कर्म र सत्बिचारले मान्छे बनाउँछ
    जितले भन्दा नि हारले मान्छे बनाउँछ
    प्यारले पागल बनाउछ भन्ने को हो हँ?
    पागललाई पनि प्यारले मान्छे बनाउँछ।
    दिलदार हुन्छ मजदुर सहयोगको लागि
    रकम पठाउला जरुर सहयोगको लागि
    हिजो देखि मेरो,,गाई बिरामी परेको छ
    अपिल गरिदेउ हजुर सहयोगको लागि।
    मिलेन कहिँ कतै मियो भोक लाग्दा पनि
    तिम्रै अभाव खड्कियो भोक लाग्दा पनि
    आमा तिम्रो गुनियो फेरिएको हेर्न मन छ
    तिम्रो मुख, धेरै हेरियो,भोक लाग्दा पनि।
    फालिएला झाडिमा जिब्रो काटिएला
    लाग्ला तरवार घाटीमा जिब्रो काटिएला
    अन्यायको विरुद्धमा बोल्न छाडिदैन
    अरु के होला?बढिमा जिब्रो काटिएला।
    के बानी पर्यो हत्तेरी दिन जान्छ
    आँखामा हुन्छ भेरी दिन जान्छ
    रात कसरी बजान्छ थाहा हुँदैन
    तिम्रै घरको बाटो हेरी दिन जान्छ।
    यो संसारको मालिक तिमी पनि छैनौँ
    सबैको नजरमा ठिक तिमी पनि छैनौँ
    मलाई अन्पढ भनेर किन हेप्छौ साथी
    नासाको बैज्ञानिक तिमी पनि छैनौँ।
    हेर्छन् रत मनको आॅखाले छोराछोरी
    सधै सानै देख्छन् आमाबाले छोराछोरी
    फर्कि आउँदा आफ्नै गुॅड बिर्सिने गरेर
    प्वाॅख लागे पछि उडिहाले छोराछोरी
    कंगाल छैन,,यो मुलुक, कंगाल होला
    विकसित देश मात्रै मालामाल होला
    भान्साको काम समेत रोबोट गर्नथाले
    यहिचाल हो भने हाम्रो के हाल होला?
    मनका केही कुरा खोल्न पाइन्छ कि पाईदैन
    उसको मौनता बिथोल्न पाइन्छ कि पाइदैन
    पहिलो चोटी आएको छु सरकारको शहरमा
    सरकारकै विरुद्ध बोल्न पाइन्छ कि पाइदैन?
    थाहा छ, देशको हाल मलाई पनि
    मन परेको छैन दलाल मलाई पनि
    बल्नसकुँ अन्यायमा न्यायका लागि
    बनाइदेउ कोहि मसाल मलाई पनि।
    आकाश हेरेर बा'ले,समय बताइदिन्छन
    रातमै पनि मजाले,,समय बताइदिन्छन्
    हातमा घडी, बाधी राख्नै पर्दैन गाउँमा
    काग अनि कुखुराले,,समय बताइदिछन्।
    अदालत बिक्न चाहान्छ अरूको के कुरा
    निर्दोषलाई दोषी ठान्छ अरूको के कुरा
    यस्तै चल्छ मनपरि तन्त्र हाम्रो नेपालमा
    अक्तियारले घुस खान्छ अरूको के कुरा।
    मासु संग कुखुराको, टन्न पिउनुपर्छ
    धेरै भो पिउन नपाको,टन्न पिउनुपर्छ
    आमाको वृद्ध भत्ता पाएको छु आज
    चिन्ता छैन पैसा'को, टन्न पिउनुपर्छ।
    आफ्नाको पराईको कर्तव्य सम्झायो
    पुरुषको आइमाईको कर्तव्य सम्झायो
    खुन पसिना बगाएर पढाएको भाइले
    आज आएर दाइको कर्तव्य सम्झायो।
    न इज्जत छ,न नाम छ,बेरोजगारहरुको
    स्वदेशमा निँदहराम छ,,बेरोजगारहरुको
    मर्न देऊ सरकार बरु,परदेश मै मर्न देऊ
    बाँचेरपनि के काम छ?बेरोजगारहरुको।
    नाईदिए हुन्थ्यो काल बाच्नपाए हुन्थ्यो
    जस्तो सुकै होस हाल बाच्नपाए हुन्थ्यो
    गर्नु पर्ने अझ धेरै कामहरु बाँकी छन्
    अझैपनि, केही साल बाच्नपाए हुन्थ्यो।
    ठानेर आफैलाई वीर आफै काटिन्छ
    तरवारमा ठोकिने तिर आफै काटिन्छ
    ज्ञानीहरु झुकिहाल्छन् झुक्ने ठाउँमा
    अहंकारी ठाडो सीर आफै कान्टिन्छ।
  • watch my project

    redirect to my next website

    go

    ADDRESS

    Butwal,Rupandehi Nepal

    EMAIL

    merotipsofficial@gmail.com

    TELEPHONE

    not avileable

    MOBILE

    9846920259,
    9817417650