खुसी लिएर आउछु भन्दै गएका तल्ला घरे साइला दाइ ,खै आजसम्म अत्तोपत्तो छैन,
भाउजू सधैं गाउको चौतारा मा गएर नजर ले
भ्याएसम्म हेर्छिन अनि निरास भएर फर्कन्छिन,
आज दाइ गएको नि थुप्रै बर्स बिते छ क्यारे ,
छोरो प्रदिपे नि ठुलै भैसकेको छ,
उस्ले मेरो बा खै भनेर सोध्दा पनि मन निक्कै
दुखाउथिन र भन्थिन खुसी किन्न गाछ्न ,
छिट्टै फर्किन्छ्न रे,
एस्तै एस्तै कुरा हरु म सधै जसो देखिरहन्थे, !

जुरेभञ्ज्याङ् जो रानीनगर भन्दा अलि पर को गाउ,जहाँ ,तल्लाघरे साइला दाइ,कमले,कृस्ने,
अनि मेरो घर थियो ! कमले को घर भन्दा अलि तलपट्टि अरु घर हरु पनि थिए,गाउका मै हु भन्दै हिड्ने महेश्वर काका ,बर्ष ले ४0 काटेपनी आफुलाइ अझै जवान नै सम्झन्छन,साइला दाइ गएपछि भाउजू उनै काका को घर मा काम गरेर गुजारा चलाइरहेकि थिइन,.........
करिब 20७०/७१ को कुरा नोभेम्बर महिना येसै पनि पानी नपर्ने महिना तर पनि अघिल्लै बेलुका देखि झरी परिरहेछ,
सबेरै महेश्वर काका गाभा को पात ओडेर आत्तिदै प्रदिपे को घर आइपुग्छन,प्रदिपे ले चुहिरहेको छानो मुनि किताब पल्टाएर बसेको हुन्छ,
`ए साइली ....साइली´ ....काका ले आत्तिदै बोलाउछन,मलिन अनुहार लिएर टाउको मा च्यात्तिएको पछ्याउरी बाधेर भाउजू बाहिर आउछिन,``के भो दाइ ? एकाबिहानै आउनुभएछ,चिच्याएको भए मै आउने थिए नि बरु ´´एति भनिनसक्दै काका मलिन हुदै बोल्छन ``साइलो बाकस मा फर्कियो´´
भाउजू एक्कासि भक्कन्निएर चिच्याउछिन आँखा बाट बर्बरी आँसु खसिरहेको हुन्छ,एकै छिन मा गाउँभरी का मान्छे जम्मा हुन्छन,पानी मत्थर हुन्छ,कुना मा भाउजू रोइरहेकी हुन्छिन,
प्रदिपे नि आमा संगै रोइरहेको हुन्छ,...
गाउको चौतारो भन्दा अलि तल मोटर बाटो मा रातो बाकस बोकेर मोटर झुल्किन्छ,मोटर को आवाज आउना साथ भाउजू मुर्छा पर्छिन,
एक्कैछिन मा मोटर चौतारो मा आइपुग्छ,सबैको आँखा मा आँसु बगिरहेको हुन्छ..........
येसै दिन देखि भाउजू को आसा एकाएक निरासा मा परिवर्तन हुन्छ,खुसी किन्न गएका दाइ बाकस मा फर्किएपछी,जवानी मै भाउजू सेतो बस्त्र मा सजिन बाध्य हुन्छिन,च्यात्तिएको भएपनी टाउको मा रातो पछ्याउरी,निधार छोइने गरि लगाइएको सिंदुर ,अनि फुलबुट्टे गुनियो मा सजिने भाउजू आजभोली सेतो पहिरन मा सजिन बाध्य छन,........................
दाइ गएको नि आज थुप्रै बर्ष भैसकेछ
तर भाउजू अझै सेती छन..........