• साथी को डेट।।(कथा)||पिआर चापागाईं||

    नया बर्ष को पहिलो दिन अघिल्लै दिन को प्लानिङ अनुसार उनिहरु भेट्ने निर्णय गर्छन,
    म दिनहुँ जसो उनिहरुको कुराकानी सुनेर बसिरहेको हुन्थे,छिन मै रिसाउनु ,फकाउनु अनि तै रिस मा पनि माया मिसाएर घन्टौं सम्म बोलिरहनु ,उनीहरुको प्रेम मा एक नयाँपन थियो, सायद ,,
    चैत्र को अन्तिम दिन मौसम ले गर्मी महिना भएता पनि पानी परिरहेको ले मौसम अलि चिसै थियो,साँझ पख नयाँ बर्ष को लागि बनाइएका विभिन्न परिकार हरु खाइओरि म प्रदीप को घर तिर लागे ,त्यो दिनै भर असिनापानी परिरहेको थियो,उस्को घर पुग्नासाथ म उस्को कोठा मा पसेँ,उ ओछ्यान मा पल्टेर बसिरहेको थियो,एक्कैछिन मित्रता मै रहेर कुराकानी हरु हुन थाले । तेत्तिकैमा उस्को मोबाइल मा फोन को घन्टी बज्छ , हामिलाइ इसारामै नबोल्ने संकेत दिन्छ,अनि फोन रिसिभ गर्छ,।
    उ:hello.......
    **:hello ,के गर्दै हुनुहुन्छ ???
    कोहि केटीको आवाज थियो क्यारे,
    ``केटो नि प्रेम मा फसेछ !,´´कुसल ले जिस्काउदै भन्यो ,फेरि उस्ले पहिले जस्तै नबोल्ने इसारा गर्छ,हामी निक्कै हास्छौ उस्लाइ जिस्काइरहन्छौ,कुसल ले त झन यो सब स्याक्स* लाई हो भनेर कमेडी पारामा उस्लाइ जिस्काइ रहेकोहुन्छ। करिब 30 मिनेट को कुराकानी पश्चात् उनिहरु भोलिको नयाँबर्ष मेलामा भेट्ने निर्णय गर्छन,।त्यो रात हामी हासेरै अबेरसम्म बसिरहन्छौ,
    भोलिपल्ट बिहानै उस्को मोबाइल को घण्टी सङै ब्युझिन्छौ,उस्कै फोन थियो सायद एक्कै छिन कुरा गर्छ,अनि १२ बजे सङै जाने निर्णय हुन्छ!
    उ १२ बजेको प्रतीक्षा मा बसिरहेको हुन्छ !
    हामी करिब ११ बजेतिर घरबाट हिड्छौ
    उसलाई नि फोन गर्छ ,बाटो मा सबैले जिस्काउदै जान्छौं , करिब 30/40 मिनेट को यात्रा संगै ,लामो कपाल ,आखामा हल्का गाजल,जिन्स पाइन्ट संगै लेडिज सर्ट को पहिरन मा अगाडि सुन्दर केटि देखिन्छिन,
    कुसल र म अलि पछाडी सर्छौ,प्रदीप  भने मस्किदै अलि अगाडि जान्छ र अलिअलि बोल्दै हिड्छ,उ भने लाज ले नबोली हिडिरहेकि हुन्छे .......
    करिब  १ घन्टा को लामो यात्रा संगै  हामी गन्तव्य मा पुग्छौ , प्रदीप लाई भने अझै उस्कै पछाडी देखिरहेको हुन्छु?, पुगेको एकै छिन मा हामी मन्दिर तिर गएर सितलु हाबा सङै बहिरहेको पिपल को रुख मुनि बस्छौ,प्रदीप अगरबत्ति हात मा लिएर उसैसङ आइरहेको हुन्छ ,अनि मलाई आफुसंगै  आउने इसारा गर्छ,उसङ पनि थुप्रै साथी हरु थिए उ लजालु अनुहार मा अलिअलि मुस्कान सहित नबोली हिडिरहेकि हुन्छे  ,हामी सबै मन्दिर तर्फ अगाडि बढ्छौ अलिअलि भिड भएको कारण कुसल र म अलि पछाडी जान्छौ,
    उनिहरुले अगरबत्ती निकालेर मलाइ पनि बाल्नु हुन्छ  भनेर हातमा थमाइदिन्छन ,म भने उनिहरु कै लागि भएनी पहिलो पटक अगरबत्ती बाल्दै थिए...
    एक्कैछिन पछि म आफ्नो मोबाइल झिकेर सेल्फी हानौ न भनेर सेल्फी लिगे उनी लजाइरहेकी देखिन्छिन म जिस्काइरहेको हुन्छु
    अनि उनिहरु नि आ-आफ्ना मोबाइल झिकेर सेल्फी हान्न लाग्छन
    म पनि एक्कैछिन उभिनु पर्ने हुन्छ अनि उभिन्छु,,
    तेसपछी गन्तव्य बिहिन यात्रा मा अघि बढे उनिहरु संगै , प्रदिप ले मेरो पछाडि चिमोट्दै केटि हरु कता जान्छन मलाइ नि तेतै हिड्ने इसारा दिन्छ! म पनि उनिहरु संगै हिडिरहेको हुन्छु,``एक्कै छिन ल´´,मन्द मुस्कान सहित उ बोल्छे,प्रदिप ले नि तेहि बस्न आदेश दिन्छ ,म विच बाटो मा कुरिरहेको हुन्छु, समय धेरै ढल्किसकेको हुन्छ तर उनिहरु फर्किदैनन,
    एसरी दिनै भरी कैयौ ठाउमा एक्लै म उनिहरु लाई नै कुरिरहेको हुन्छु,उनिहरु केही समय बोल्छन् ,सङै हिडिरहेका देखिन्छन,संगै सेल्फी खिचिरहेका हुन्छन !
    म चाहिँ एकोहोरो कुरिरहेको हुन्छु,.........
    कुरिरहदा मन मा भिन्न भिन्न कुराहरु खेलिरहेका हुन्छन , आहा नौलो बर्ष पहिलो प्रेम को पहिलो डेट ,लजालु उनी मेरो साथी..............अनि अनि बिचरा म !!!!!!
    ............
  • watch my project

    redirect to my next website

    go

    ADDRESS

    Butwal,Rupandehi Nepal

    EMAIL

    merotipsofficial@gmail.com

    TELEPHONE

    not avileable

    MOBILE

    9846920259,
    9817417650