• ।छिमेकी प्रेमिका(कविता)।✍️पिआर चापागाईं `प्रेमिल´      

    भर्खरै सोह्र  काटी सत्र मा प्रवेश गरेकी फकिरा,
    कपाल फिजाउदै बार्दलिमा बसिरहेकि थिइ
    जो मेरो एकतर्फी प्रेम मा फसिसकेकी थिइ
    मेरो मन को दरवारमा राज गरिसकेकि थिइ
    अनि केही यादमा अङालो कसिसकेकी थिइ

    कहिलेकाहीँ मलाई हेरी मुस्कुराउने गर्थी उ,
    कहिले मसङै हेराहेरमा समय बिताउने गर्थी उ
    त कहिले गजडी लत्तु भनी जिस्काउने गर्थी उ
    अनि कहिले राम्रो बन न भनी सम्झाउने गर्थी उ

    मैले त छिमेकी प्रेमिका गराइसकेको थिए
    भित्र भित्र उसैलाइ मन पराइसकेको थिए,
    उनी रानि म राजा आहा कल्पनामै हराइसक्थे
    एक्कै छिन नदेख्दा उ, छुट्टै सन्सार गराइसक्थे

    एकदिन फकिरा झिसमिसेमै म कहाँ,आइ
    अनि आफू आफ्नै प्रेमी को घर हिडेको बताइ?
    म तेतिबेला ठुलै भिर बाट खसेको जस्तो लाग्यो
    मेरा आँखा रसाए,सन्सार कस्तो कस्तो लाग्यो,

    तर आँसुहरु थमाइ उस्लाइ प्रेमी सम्मै पुर्याइदिए,
    उस्को रातो झोला बोकेको उसैलाई भिराइदिए,
    छुट्यो याद थाछ तर  हेर्छु तस्बिर बोल्दैन त्यो
    सायद थाहै छैन कि उ मेरो छिमेकी प्रेमिका हो,
    सायद थाहै छैन कि उ मेरो छिमेकी प्रेमिका हो !
             
  • watch my project

    redirect to my next website

    go

    ADDRESS

    Butwal,Rupandehi Nepal

    EMAIL

    merotipsofficial@gmail.com

    TELEPHONE

    not avileable

    MOBILE

    9846920259,
    9817417650