• उपन्यास लेख्दै हुनुहुन्छ,यी कुराहरु को पनि ध्यान दिनुहोला|खेमन चापागाई' प्रेमाश्रु'

    खेमन चापागाईं एक नया लेखक हुन्,उन ले विभिन्न खोज अनुसन्धान गरी आफ्नो लेखन कार्य लाई अब्बल बनाउँदै आएका छन्,उन का हालसम्म छपाई कृति नभए पनि विभिन्न वेबसाइट हरुमा उन का लेख पढ्न र सुन्न पाइन्छ,
    उन ले बताए अनुसार अब छिट्टै उन का कृति छपाई प्रोसेस मा जानेछन्.
    उन ले लेखक लाई दिएको टिप्स यस प्रकार छ!

    रस छन्द र अलन्कार ले सजाइएको कलात्मक सिर्जना हो साहित्य।
    साहित्य को एक रचनात्मक रुप उपन्यास हो।ससाना घट्ना र कथा बस्तु को वास्तविकता र काल्पनिक रचना उपन्यास हो।अर्को अर्थ मा समान घट्ना वा कथा को बिस्तारित रुप लाई उपन्यास मान्न सकिन्छ।उपन्यास लेखन आफै मा दु:खद विषय हो ।उपन्यास को मर्म नबुझी लेखन कार्य गर्न सकिँदैन।तपाईं रिसाएको ,खुसी अथवा दुखी  भएको ,कुनै चिज नपाएकोअबस्थामा आफ्नो मनभरि भावना का लहर चल्न सक्छ्न ।यिनै भावना साहित्य बन्न सक्छ्न जस्तै शान्ता उपन्यास मामा र भान्जी बिच कलेजो प्रत्यारोपण गर्दा पाएको दुख  र त्यस्पछी को अवस्था को चित्रण हो।तर सबै मा यस्ता भावना क्षणिक अबधी को लागि मात्र आउँछ ।हरेक वास्तविक घटना साहित्य नबन्न सक्छ।कथाकार ले घटना लाई कसरी जोड्छ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ।
    उपन्यास लेख्न सबै भन्दा पहिले यि आधारभूत कुरा बुज्दा तपाईं को समय खेर जाने छैन।
    १)कसका लागि लेख्ने
                ताराबाजी लै लै.... यो कबिता नसुन्ने सायदै कम होलान।यो बालबिषेशज्ञ कबिता को रुप मा छ यस्तै उपन्यास ले पनि निश्चिति( उमेर समूह ,बाताबरण ,धर्म ,समाज ,ब्यबस्था,राजनिती र नीतिशास्त्र  ब्यक्तिगत भोगाइ )आदि कुन प्राथमिकता मा राख्ने र लेख्ने भन्ने बारेमा प्रष्ट हुनुपर्छ।
    2)विषय छनोट
             जुन सुकै बिसय मा पनि आफ्नो पुर्ण बिश्लेशणात्म्क तर्क दिन सकिन्छ।पहिले आफ्नो दिमाग मा उपन्यास को बिसय  कोर्नुस त्यसपछि आफू ले उठाएका बिसय मा कस्ता खाले तर्क उदाहरण घट्ना राख्न सकिन्छ भन्ने बारे ध्यान दिनुपर्छ।
    ३अध्ययन र पात्र छनोट
           आफुले उठाएका बिसयको पुर्ण गहिराई मा पुगेर बिसय अध्ययन ,परामर्श  गरि विभिन्न प्रकृति का पात्र छनोट गर्नुपर्छ।पात्र छनोट मा पात्र ले उपन्यास को भाब समेटेको हुनुपर्छ।बिसय बस्तु हेरि पात्र को आगमन र बहिर्गमन पनि आवस्यक छ।कति जना पात्र राखेर कथा पस्तुतिकरण लाई राम्रो र मनपर्दो बनाउन सकिन्छ बन्ने बारे पात्र चरित्र अध्ययन गर्नुपर्छ र दिमागी उपन्यास मन मै तयार गर्नुपर्छ।पात्र को नाम अथवा क्रियाकलाप आफू नजिक का साथी वा आफ्न्त को नराख्दा नै राम्रो हुन्छ।
    ४) स्किप लेखन
          मुख्यतया उठान गर्न खोजेको कथा लाई नछुटाई मुख्य  कथा मा उदाहरण र प्रभावकारीता को लागि साना कथा सङ जोड्नु पर्छ।कथा जोड्दा घट्ना मुख्य कथा वा तर्क लाई नै बिर्साउने खालको हुनु हुदैन।उपन्यास लामो बनाउन पर्छ भनेर अनावश्यक कथावस्तु जोड्नु हुदैन।एक घटना र अर्को घट्ना लाई कसरी जोड्ने बिचार गर्नुपर्छ।यसरी साना साना घटना र कथा ले पात्र हरु चरित्र बोलिचाली पात्र को प्रवृत्ति अनुसार कथा ले उपन्यास को रुप लिन्छ्न।स्किप धेरै लामो पनि बनाउन हुदैन।आवश्यकता महसुस का आधारमा लेख्न सकिन्छ।
    ५)सुरुवात
             पात्र घट्ना कथा र बिसय बस्तु तयार भैसकेपछी कथा लेख्न सुरु गरिन्छ।लेख्न कसरी सुरु गर्दा प्रभाबकारी हुन्छ र कसरी सुरु गरि कसरी अन्त्य गर्ने विश्लेषण गर्नुपर्छ।धेरै को समस्या पनि कसरी सुरु गर्ने र कसरी टुंगोमा पुर्याउने नै हुन्छ।सुरुबात मा केही गहकिलो कुरो पार्न सकेमा र घुमाउरो तरिकाले पूरा कथा को बिबरण दिएमा गहनता ले स्थान पाउछ।
    ६) तर्क(घट्ना र पात्र )
            परिवेश अनुसार हाउभाउ र बिस्तारित घटना र पात्र मा वर्णनात्मक तर्क दिनुपर्छ।साहित्य लेखन भनेको नै कुनै पनि बिषय मा आफ्नो तर्क दिनु हो।स्किप अनुसार एक पछि अर्को सम्बन्धि घटना राख्दै जानू पर्छ।आवश्यक परे स्किप मा सुधार गरि लेखन कार्य अगाडि बढाउन सकिन्छ।
    ६)बाक्य प्रयोग
        उपन्यास लेखन मा बाक्य प्रयोग गर्दा कथा को परिबृस्टी लाई ध्यान मा राखी आफ्नै मौलिकता र वास्तविकता झल्कने बाक्य प्रयोग गर्नु पर्छ।कथा को संजाल अनुसार  पात्र को चरीत्र,पात्र पात्र बिच को बार्तालाप र पन्चलाइन को उचित घटना को स्थान मा बाक्य को प्रयोग हुनु पर्छ।
    ७)शैली र बिषय 
          लेखन मा आफुले कस्तो शैली प्रयोग गरि लेख्ने भन्ने कुरा मा बिचार पुर्याउनु पर्छ ताकी तपाईं को लेखकीय ले नया बिषय उठान गरि नया बिम्ब दिन सकोस।
    ८) कल्पनशिलता
    उठाएको बिषय को गहिराइ अध्य्यन गर्दै आफ्नो मानबिय काल्पनिकता पनि जरुरत छ।कल्पना को अभाब मा घटना क्रम ले समाचार को रुप लिन्छ।यथार्थ घटना पस्तुत गर्ने कथाकार ले पनि काल्पनिक घटनाक्रम जोड्नु पर्छ।उपन्यास पुर्ण वास्तविक सके सम्म बनाउनु  हुदैन।वास्तविकता ले कसैको जीवन सङ्ग खेल्वाड गर्न सक्छ।
    ९)भाषा र लेखन
    मौलिकता झल्कने भाषा र सरल लेखन हुनुपर्छ।बुझ्न गार्हो हुने शब्द राख्नु हुदैन।उपन्यास पढ्दै जादा डिस्नेरी वा शब्दकोश मा शब्द खोज्नु परेमा अलिक अप्ठ्यारो महसुस हुन्छ।  
    १०)द्धन्द
        पात्र बिच बार्तालाप गराउदा बिचार को द्धन्द गराउन सकिन्छ।बिचार को द्धन्द ले पाठक लाई पाना पल्टाइरहन मन लाग्छ।फरक बिचार प्रस्तुत गर्नुपर्छ।
    ११)वर्णनात्मक लेखन
            बिषय छनोट पछि स्किप लेखन पात्र निर्माण र चरित्र विश्लेषण पछि धटना को न्यायोचित ढंगले बर्णन गर्नुपर्छ।वर्णन भन्नाले जथाभावी जे पायो त्यही लेख्नु भने होइन।मुख्य कथा लाई नछुटाउने गरि वर्णन गर्नुपर्छ।मुख्य संदेश र तर्क स्पष्ट हुनुपर्छ।
    १२)पुनर्लेखन
         स्किप को वर्णनात्मक लेखन पछि पुनर्लेखन गर्नुपर्छ।साथिभाई र आफुभन्दा जान्ने लाई सुनाएर सुझाव संकलन गरि लेखिसकेको कथा फेरि लेख्नु पर्छ।सम्झ्नुस तपाईं आफै लाई मन परेन भने त्यो अरु लाई पनि मन नपर्न सक्छ मनछुने लेख्नुहोस।पुनर्लेख्न ले शब्दमा निखारपना ल्याउछ ।
    १३)अन्त्य
        आफुलाई चित्तबुझ्दो नभए सम्म पुनर्लेखन गरि घटनालाई अन्तिम रुप दिनु पर्छ ।उपन्यास को अन्त्य अन्योल को हुनु हुदैन।घटना ले अन्तिम रुप लिएपछी उपन्यास ले पनि अन्तिम रुप लिन्छ।
    यति ले मात्रै उपन्यास नबन्न सक्छ।उपन्यास लामो कथा को सङालो हो त्यसैले पहिले कथा लेखन को अभ्यास समेत गर्न सकिन्छ।कथा मा कति शब्द पार्न सकिन्छ त्यसका आधारमा उपन्यास को भ्रुण तयार गर्न सकिन्छ।भ्रुण हरु बिस्तारै मौलाउने छ ।आफ्नो शिक्षक आफै बन्नु पर्छ।
    हरेक कुराको तर्क विपक्ष र पक्ष मा दिन सक्ने बन्नुस।मौनता मा गहकिएर अध्ययन गर्नुहोस।सफलता हेरेक ले साथ दिने छ्न।अग्रज का उपन्यास पढ्नुहोस सुझाव दिनुहोस र आफुमा पनि कमजोरी खोज्नुहोस।
    #खेमन चापागाई`प्रेमाश्रु´
  • watch my project

    redirect to my next website

    go

    ADDRESS

    Butwal,Rupandehi Nepal

    EMAIL

    merotipsofficial@gmail.com

    TELEPHONE

    not avileable

    MOBILE

    9846920259,
    9817417650