• चुरोटे जिन्दगी ||story||pR chapagain

    2/4 दिन देखि नपाएको कारण मन निक्कै चुल्बुल्याइ रहेको थियो,
    म सरासर साथिको घर तिर लागे,हात मा चुरोटको ठुटो सल्काउदै छिटोछिटो पाइला चाल्दै थिए,
    जिउ कामिरहेको थियो, साथिको मा पुग्ना साथ थोरै डोज लिगे,मन अलि हलुका भयो । तर सोचेजस्तो भएन , करिब ३ दिन देखि
    खै के मिलेन मिलेन ,अरु छैन म साथि लाई पु:न सोधेँ  नाइ यार उस्ले सजिलै जवाफ फर्कायो ।
    फेरि मन थामिएन,अनि जक्सन तिर लागे,
    फेरि चुरोट ले मन थाम्दै जक्सन हिडे,
    जक्सन मा केही साथिहरु ले  गाँजा तान्दै रहेछन,मैले पनि ताने,१,चिलिम २,चिलिम ३,४,५ कति हो कति,फेरि शरीर ले मागेजती को डोज लिगे ,
    अनि झ्याप मा घर फर्कए,
    त्यो दिन मन निक्कै हलुका भयो ?
    फेरि अर्को दिन ,तेसरी नै घर बाट हिडे हात मा चुरोट टुटेको थिएन,टुटोस पनि कसरी ,
    मन मा निक्कै चोटहरु खल्बलाइ रहेछन,
    मान्दैन मन ले चुरोट फ्याक्न यै चुरोट हरपल को सच्चा साथी जस्तै लाग्दै थियो  जीवन को!
    थाहा थिएन मलाइ आजको काम के हो , दिनभर बरालिएर हिड्ने बानी परिसकेको थियो ,
    तेसरी नै जक्सन मा पुगे, फेरि उहीँ काम गरे जुन काम ले मेरो मन निक्कै खुसी हुन्थ्यो,
    तेसरी नै घर फर्के,
     मन मा निक्कै कुरा खेलिरहेको थियो, ती बियोग बिगत सम्झन प्रयास गरे ,म आफ्नो जिन्दगी नै किताबको पाना मा उतार्ने कोशिस मा थिए , बियोग र चुरोट को सम्बन्ध लाई प्रस्ट्याउन कोसिस गरिरहे को थिए,
    स्कुल मा कुनै कुरालाइ प्रस्ट सङ प्रस्ट्याउन नसक्ने म ,जीवन ले सिकाएको मेरो पाठ हरु सम्झन कोसिस गरेर प्रस्ठ पार्ने कोसिस मा जुटिरहेको थिए,
    यो सम्झन्जेल पनि मेरो ५/६ खिली चुरोट सक्किसकेको थियो, …
    कुरा निक्कै पहिले को हो ! जब म जन्मिए,,
    कसैको ओठ मा खुसी को तरंग हरु थिएनन !रे
    त्यो पनि कसै ले भनेको ,
     मेरि आमा को आँखा मा नि खुसी थिएन तेस दिन ,खै यो किन कसैले भनेनन् मलाइ जान्ने इच्छा सानै मा गरेको थिए ! तर जवाफ दिने  प्रयत्न कसैले गरेनन !
    येसरी नै जीवन को पाना हरु दिनहु बढ्दै थिए,
    जब म 3/4 बर्ष को भए मलाइ स्कुल को जेल मा पठाइयो ! कथा को सुरुवात  पनि तेहि जेल बाट हुँदै थियो क्यारे
    आज यो सब लेख्न स्कुल मै सिके प्रगती यै मात्रै  होला सायद ! अह ,मन कहिल्यै खुसी भएन त्यो दिन देखि,  २/४ दिन गएपछि धेरै कुरा बुझिसके को थिए !  जब कोठा मा सर हरुले पढाउथे तब लाग्थ्यो जीवन येहि बाट गलत बाटो मा लाग्दै छ , जब आफै केही सिक्ने मौका पाइन्छ अनि सफल हुन्छन मान्छे त्यो जेल मा त खाली अरुकै मात्रै सुन्ने अरुले नै गरिदिन्छ न जे गर्नु अनि कसरी हुन्थ्यो त आत्मनिर्भर !!!
    स्कुल मा सबैका बुवाहरु  बच्चा लिन आउथे, तर मेरि,आमा !
    आमा बुवा जे भन्नू उनै थिइन !
    आमा मेरो बुवा खै ?सोधे ! आमा को मुख रिसाएजस्तो भयो ? किन चाइयो तलाइ ,
    मनमनै सोचे  ! किनकिन?
    तर फेरि आमालाइ कहिल्यै सोधिन ,
    आमा को मुख मा खुसी पटक्कै थिएन ,
    कैले एकान्त मा रोएर बस्थिन त,कैले येत्तिकै टोलाएर  ,
    मैले खुसी दिन सक्ने अवस्था पनि थिएन,
    जीवन को पाना हरु दिनहु भरिरहेको थियो....
    स्कुल जान्थे तर पढ्न मन लाग्दैन थ्यो !
    र पनि फेल भैन कहिल्लै पनि ,
    जब म 8/9 बर्स को हुदो हु ? तेसरी नै स्कुल गए पढ्न फिटिक्कै मन लागेन ! बोल्ने हास्ने अह कोहि थिएनन , जब हापटाइम भयो स्कुल बस्न मन लागेन ,तत्काल भाग्ने  निर्णय गरे,
    स्कुल को गेट मा पाले थियो ! पर्खाल बाटै भागे , बाटो मा बस्दै बस्दै घर पुगे ,
    आमा  कोठामा सुतिरहेकि रहेछन भुइमै ! उठाउने प्रयास गरिन? म पनि तेतिकै बसिरहे भोलिपल्ट आमा अबेर सम्म उठिनन, आमा ,
    आमा , बोलाए अह बोलिनन बोल्दै बोलिनन , उठाउने प्रयास गरे ? पल्ला घरे काकी ले सुनिछन क्यारे
    बिरे  , के भो ?
    आमा , आमा मेरो बोली नै बन्द भयो निक्कै बेर चिच्याउनु चिच्याए आमालाइ तर अह बोलिनन बोल्दैबोलिनन  ! म आत्तिए तर आमा त्यो दिन देखि कहिल्लै बोलिनन ,............
    तेसदिन देखि झन एक्लो भए, ........
    बाउ जान्दै जानिन , आमाको साथ नि टुटिसक्यो , अनि पढाई लाई तेतैतिर पुर्णबिराम लगाए,
    पढेर के गर्नु मैले जब जस्लाइ खुसी बनाउन जिन्दगी जिइरहेको थिए उनै छैन भने आखिर किन?
    मन मा निक्कै प्रस्न हरु खेल्न थाले ! सानै मस्तिष्क ले पनि निक्कै सोच्न सक्ने भैसकेको थिए , हर समय जे सोच्थे आमा अगाडि आएजस्तो लाग्थ्यो !आमा भनी बोलाउने प्रयत्न गर्थे अनि एकाएक आमा हराउथिन कसैले खोसेर लग्थ्यो ,
    जिन्दगी को कस्ठकर यात्रा त जन्म बाटै सुरु भैसकेको थियो ?
    हर मान्छे यौटा न यौटा दुखमा अबस्य पनि हुन्छ , दुखलाइ कसरी बिर्सेर बाच्छन होला म खोज्न थाले त्यो औषधि जस्ले मेरा सारा दुख बिर्साइदियोस ! तेस्पछी चुरोट ताने पहिलो सर्को मै पीडा कम भयो ! तेसपछी आजसम्म फोक्सो को रगत कालो भएहोला, अह मेरो मिल्ने साथी उहीँ हो ! चुरोट
    आज्काल सबैले तान्छन , फेसन भैसक्यो अह ,  चुरोट ले मान्छे मार्छ ,खान हुदैन तै भित्ता मा लेखिएको थियो , भन्छन भन्नेले भनिरहन्छन तर चुरोट को कारण नै म आज सम्म बाचिरहेछु ,यो कुरा कस्लाइ सुनाउ ,
    ...
    continue ...........
    Stay tune .........

  • watch my project

    redirect to my next website

    go

    ADDRESS

    Butwal,Rupandehi Nepal

    EMAIL

    merotipsofficial@gmail.com

    TELEPHONE

    not avileable

    MOBILE

    9846920259,
    9817417650